अपडेट 
२०७६ चैत्र २७, बिहीबार १८:३३

काठमाडौ यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको कान्तिपुरलाई बताए ।

कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।

मन्त्री नेम्‍वाङले कान्तिपुरलाई भने, ‘हामीसँग पर्याप्त स्रोत र साधन छैन। तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन।’ यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।

काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए । सरकार सम्बद्ध उच्च स्रोतले कान्तिपुरलाई दिएको जानकारीअनुसार काठमाडौंमा अलपत्र नागरिकलाई बाहिर जाने दिने पहिले नै सहमति भएपनि आन्तरिकरुपमा नै मतभेद भएपछि सरकार पछि हटेको हो ।

Comment


Related News

Latest News

Trending News