मधेस प्रदेशका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेश खारेज भए त्यसको परिणाम सिधा संघियता र संविधानमाथी पर्न जाने धारणा राखेका छने । उनले प्रदेश खारेज भयो भने संविधानमाथी प्रश्न उठ्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले केही दिनयता सञ्चारमाध्यमहरुमा प्रदेश खारेजको कुराहरु लेखेको र हेरेको कुरा ध्यानाकर्षण गराउँदै संघियता ल्याउन भूमिका निर्वाह गरेको सम्पूर्ण दल र दलका नेताहरुलाई यस विषयमा गम्भीर भएर सोच्न सुझाव दिए । प्रदेश खारेज हुने अवस्था आए प्रदेश मात्र खारेज नभई सिंगो संविधान खारेज हुने उनले धारणा राखे ।
गृहमन्त्री लेखीले भारतको उदाहरण दिँदै भारतको संविधान बनेको ७५ वर्ष यता विहार, यूपीलगायतका प्रदेशमा भएको विकास हाम्रो मुलुकमा संघियता आएदेखि मात्र ७ वर्षमा भएको उल्लेख गरे । उनले तीन तहको संरचना कायम भएदेखि जुन गाउँमा पहिला साईकल जाने बाटो थिएन अहिले ती विकटा गाउँघरमा सजिलै चार पांग्रे गाडि जाने भइसकेको बताए । अहिले गाउँ गाउँमा स्कूल, स्वास्थ्य चौकीको सुविधा, हुलाकी राजमार्ग निर्माण, मदन भण्डारी राजमार्ग निर्माण लगायतका कार्यहरु केहि वर्ष भित्रै भएको विकासका उदाहरणहरु हो, उनले भने । पहिला हरेक कामको लागि सिंहदरबार पुग्नु पर्ने बाध्यता अहिले हटेको र पालिकाबाटै ती कामहरु हुनसक्ने वातावरण बनेकोले संघियता खारेजको कुरा सोच्नु पनि नहुने धारणा राखे ।
गृहमन्त्री लेखीले सहि कुरा लेख्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।