अपडेट 
२०८१ पुष २७, शनिबार १२:१४

मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर शाह र रजिष्ट्रार प्रा.डा. विनोदकुमार यादवलाई कदर गर्दै सम्मान गरिएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले उपकुलपति प्रा.डा. शाह र रजिष्ट्रार प्रा.डा. यादवलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस चिकित्सा शास्त्रमा स्नातक कक्षा सञ्चालन भएको अवसरमा एक कार्यक्रमबीच कदरपत्रसहित सम्मान गरेका छन् ।

सो कदरपत्रमा जीवनको गुणस्तर सुधार, असंख्य प्राणरक्षण र कल्याणका लागि चिकित्सा विज्ञान, नयाँ उपचार र प्रविधि विकास, अध्ययन तथा अनुसन्धान प्रवद्र्धन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस चिकित्सा शास्त्रमा स्नातक कक्षा थालेको उल्लेख गर्दै कदरपत्र प्रदान गरिएको जनाइएको छ ।

यसका अतिरिक्त प्रतिष्ठानले चिकित्सा सम्वद्ध चार विषयमा स्नातक र चिकित्सा शास्त्रका चार विषयमा स्नातकोत्तर अध्ययन अध्यापन गराइरहेको छ ।

उपकुलपति प्रा.डा. शाह र रजिष्ट्रार प्रा.डा. यादवको सक्रियता र समन्वयको प्रशंसा गर्दै मुख्यमन्त्री सिंहले प्रतिष्ठानलाई चिकित्सा विज्ञान अध्ययन अध्यापन हुने प्राज्ञिक थलोमा परिणत गरेकाले मधेश प्रदेश सरकारले प्रा.डा. अंकुर शाहलाई कदरपत्र प्रदान गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News