२०८१ माघ ५, शनिबार ०८:४८

मिटरब्याज पीडितहरु पुनः सडक आन्दोलनको तयारीमा जुटेका छन् । मिटरब्याज समस्या समाधानमा राज्य उदासीन देखिएको भन्दै ‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’ ले आन्दोलन गर्न लागेको छ ।

यही माघ १४ गते मधेश प्रदेशका आठ वटै जिल्लामा आन्दोलन गर्ने तयारी गरेको संगठनका संयोजक मनोजकुमार पासवानले जानकारी दिए । यही माघ १४ गते जनकपुरधाममा कोणसभा गरेर राष्ट्रियस्तरको आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए । उनले भने, ‘हामी माघको ७ वा ८ गते पत्रकार सम्मेलन गर्छौं । त्यसमा आन्दोलनको विषयमा विस्तृत जानकारी दिन्छौं । उनले अघि थप्दैँ भने, ‘माघ १४ गते प्रदेशका आठ वटै जिल्लामा प्रदर्शनपछि जनकपुरधाममा कोणसभा गर्छौं ।

कोणसभामा राष्ट्रियस्तरको आन्दोलनको कार्यक्रमको घोषणा गर्छौं ।’ सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गठन गरेको आयोगले प्रभावकारी रुपमा काम गर्न नसकेको पासवानको गुनासो छ । जिल्ला प्रशासन कार्यालयले पीडित र साहुबीच वार्ता गराउन छोडेको उनले बताए । उनले भने, ‘पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोग हुँदासम्म राम्रै काम भइरहेको थियो । दुई पक्षलाई बोलाएर वार्ता गराउने कामहरु पनि तीव्र रुपमा भएको थियो । अहिले सिडियो कार्यालयहरुमा छलफल गर्न रोकिएको छ, साहुहरुले पहिले भएको सहमति पनि मानिरहेका छैनन् । मिटरब्याज पीडितको समस्या समाधान हुनुभन्दा झनै बल्झिरहेको छ ।’

Comment


Related News

Latest News

Trending News