जनकपुरधाम बजारमा हिरोका दुई नयाँ मोटरसाइकल लञ्च गरिएको छ ।
२०८१ माघ ५, शनिबार १९:२४
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले जनकपुरधामस्थित स्वस्तिक अटो एण्ड ट्रेडिङ्गले आयोजना गरेको एक कार्यक्रमका बिच दूबै मोटरसाइकल सार्वजनिक गरिएको हो । हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोर भी सार्वजनिक गरिएको हो ।
हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर भल्भ, आयल कुल्ड इन्जिन दिइएको सिजी मोटर्सका कुन्दन भण्डारीले जानकारी दिए । उनले केवाइबीको अपसाइड डाउन सस्पेन्सन छ भने यसमा कनेक्टेड फिचर उपलब्ध रहेको बताए । त्यस्तै, अर्को मोटरसाइकल एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको भण्डारीले जानकारी दिए । यसमा ५ स्पीडको गियरबक्स रह्नुका साथै सिंगल च्यानल एबीएस तथा एलईडी हेडलाइटहरू उपलब्ध रहेको उनले बताए ।
स्वस्तिक अटो एण्ड ट्रेडिङ्गका प्रोपराइटर किशन दिक्षितको अध्यक्षतामा भएको सो लञ्च कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी यसले जनकपुरधामको बजार चलायमान हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांगितिक तथा नृत्य सहितका प्रस्तुती समेत राखिएको थियो ।
Latest News
Trending News
© 2025: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech