अपडेट 
२०७६ चैत्र २९, शनिबार १४:२४

जनकपुरधाम। प्रदेश २ मा हालसम्म २ सय ५४ जना संदिग्धको गरिएको परिक्षण १ सय १९ जनाको आएको रिपोर्ट निगेटिभ आएको छ ।

प्रदेश २ को आठ जिल्लाबाट २ सय ५४ जना शंकास्पद बिरामीको स्वाब संकलन गरिएकोमा १ सय १९ जनाको रिपोर्ट आएको छ जसको रिपोर्ट निगेटिभ रहेको छ भने अन्य १ सय ३५ जनाको रिपोर्ट आउन बांकी रहेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।

यस्तै आठवटै जिल्लामा ९९० जना क्वारेन्टिन र १ हजार ३९८ जना चिकित्सकको सल्लाह अनुसार होम क्वारेन्टिनमा छन् । प्रदेश भरिमा ७ जना आइसोलेसनमा रहेका छन् ।

थ्रोट विधिको जाँच विश्वसनीय छैन

प्रादेशिक अस्पतालमा भइरहेको शंकास्पद बिरामीको गरिने स्वाब परिक्षणको विधि विश्वसनीय नरहेको चिकित्सकहरुकै भनाई छ ।

चिकित्सकहरुका अनुसार प्रादेशिक अस्पतालमा गरिने परिक्षण थ्रोट विधि हो जुन विश्वसनीय रहेको छैन । प्रदेश २ मा हालसम्म अढाइसयभन्दा बढी शंकास्पद बिरामीको स्वाव परीक्षण भएकोमा १ सय १९ जनाभन्दा बढी रिपोर्ट निगेटिभ नै आएको छ ।

यही थ्रोट विधिबाट गरिएको स्वाब परीक्षणमा धरान र काठमाडौ स्थित टेकुमा पनि भइरहेको र त्यहाँको रिपोर्ट पनि निगेटिभ नै आइरहेको छ । चिकित्सकहरुले नै थ्रोट स्वाब परीक्षणको गति र विश्वसनीयतामाथि ढुक्क छैनन् ।

प्रादेशिक अस्पताल जनकपुरका कनसल्टेन्ट फिजिसियन डा.विपिन यादवले शंकास्पदहरुको स्वाब परीक्षणको प्रक्रियाप्रति असन्तुष्टि जनाउंदै भने अहिले आइरहेको थ्रोट विधिबाट आइरहेको रिपोर्टमा भर पर्ने अवस्था नरहेको बताएका छन ।

उनले स्वाब परीक्षणको विभिन्न तरिकामध्ये प्रदेश सहित देशभरिमै अहिले घाँटीबाट स्वाब निकालेर थ्रोट विधिबाट जाँच भइरहेको छ जुन भरपर्दो छैन किनकी यस विधिमा ३३ प्रतिशतमात्र विश्वसनीय रिपोर्ट आउंछ र नाकको स्वाबबाट हुने परीक्षण ६६ प्रतिशत विश्वसनीय रहेको भने ।

डा. यादवले अहिले अपनाइएको विधिबाट भरपर्ने अवस्था नरहेकोले रैपिड जाँचमा जोड दिनुपर्ने बताए । शंकास्पद बिरामीको रगत लिएर रैपिड जाँच गर्न सकिए संक्रमितको पहिचान गर्न सहज हुने उनको भनाई छ ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरका मेडिकल अधिकृत डा.अजय यादवले पनि थ्रोट विधिबाट आएको रिपोर्ट निगेटिभ आउँदैमा ढुक्क भएर बस्न नसकिने बताउंछन् । उनले भने रैपिड र पिसिआरबाट गरिने थ्रोट दुवै विधिबाट गरी कन्फर्म गर्नुपर्ने आवश्यक छ ।

यसैबीच प्रदेश २ मा शुक्रवारदेखि रैपिड किटबाट टेस्ट सुरु भएको छ । संघीय सरकारले किट पठाएपछि टेस्ट सुरु भएको हो । रैपिड टेस्टपछि कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तीव्रता आउने चिकित्सकहरुको विश्वास छ ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले रैपिड किटमार्फत गरिने परीक्षणमा पोजेटिभ रिपोर्ट देखिए कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने उनले बताए ।

कोरोनाका शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने र्या्पिड टेस्टले तत्कालै परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तीव्रता पाउने झाको भनाई छ ।

Comment


Related News

Latest News

Trending News