अपडेट 
२०७६ चैत्र २९, शनिबार १९:१३

जनकपुरधाम। धनुषा चेम्बर अफ कमर्सले एनएमबी बैंकको सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडामा ९१ परिवारलाई राहत वितरण गरेका छन ।

चेम्बर्सले जनाए अनुसार वडा नम्बर २५ मा १६, वडा नं. २४ मा २४, वडा नं. १६ मा १५, वडा नं. १९ मा २० वडा नं. २ मा ५ र वडा नं. ४ मा एक महिला गरी ९१ गरीब, असहाय, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

चेम्बर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले चामल, दाल, आलू, प्याज, सोयाबीन र नून सहितका खाद्यान्न राहत आवश्यकता भएका गरीब परिवारलाई वितरण गरिएको बताएका छन ।

खाद्यान्न राहत वितरण सामाग्रीका संयोजक समेत रहेका मिश्रका अनुसार चेम्बसर्ल लकडाउन शुरु भएदेखि नै उपमहानगरपालिकाका विभिन्न वडामा खाद्यान्न राहत वितरण गर्दै आएको छ र लकडाउन अवधिभर विभिन्न दाताहरुको सहयोगमा गरीब परिवारहरुलाई वितरण जारी राख्नेछ ।

Comment


Related News

Latest News

Trending News