अपडेट 
२०८१ माघ १३, आईतवार ०७:४४

मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश माननीयहरु भषणवाजीमा मात्रै सीमित रहेको टिप्पणी गरेका छन् । जनकपुरधाममा शनिबार भएको एक कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेशसभा सदस्यहरु शिक्षा र कृषिको विकासबारे अनावश्यक फलाक्ने गरेको बताए ।

मुख्यमन्त्री सिंहले भने, ‘ माननीयहरुले पनि प्रदेशसभा बैठकमा भाषण गर्दा शिक्षा र कृषिमा लगानी गर्नुपर्ने ठूला कुरा गर्छन्, ‘ उहाँहरुको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड बजेट पठाएको ९९ प्रतिशत योजना सडक ढलान, सामुदायिक दलान र मन्दिर बनाउनमै सिमित भएर आउँछ ।’ प्रधानाध्यापक संघले आयोजना गरेको ‘शिक्षा संवाद’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालय राम्रो गरिरहेको र अझ राम्रो गर्न विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताए । दुई दशक अघिसम्म सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सन्तोषजनक रहे पनि एनजीओ र आइएनजीओले विकृति थुपारेको आरोप मुख्यमन्त्री सिंहले लगाए ।

‘ मुख्यमन्त्री सिंहले अभिभावक तथा शिक्षकको हातमा सामुदायिक विद्यालयको भविष्य रहेको बताए । उनले शिक्षकले न्युन्तम जिम्मेवारीवहन गर्ने र अभिभावकले नियमित रुपमा बालबालिकालाई विद्यालय पठाउन तथा गृहकार्य गर्न सहजीकरण गरिदिए सामुदायिक विद्यालयको तुलना निजीले गर्न नसक्ने बताए ।

सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने मुख्यमन्त्रीको प्रस्तावमाथि व्यंग्य गर्दै विद्यालय सरकारको हो भन्दै प्रश्न तेस्र्याए । सो क्रममा मेयर साहले थप्पडी बजाएर मुख्यमन्त्री सिंहको भाषणप्रति समर्थन जनाउने प्रधानाध्यापकहरुलाई हकारे । मेयर साहले भने, ‘मुख्यमन्त्रीजीले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने कुरा गर्नुभो तपाईहरुले ताली पिट्नुभो, के विद्यालय सरकारको हो र ?’

 

Comment


Related News

Latest News

Trending News