अपडेट 
२०८१ माघ १३, आईतवार ०७:५०

सिमेन्ट उद्योगहरुले सिजनकै मौका छोपेर उपभोक्तालाई लुट्नुसम्म लुटेको छ । बजारमा सामान्य मूल्य बढाइएको गुनासो रहे पनि सिमेन्ट उद्योगहरुले लुट्न छाडेका छैनन् । अन्तराषर््िट्रय बजारमा उतार चढाब आउनेगरी सिमेन्ट उत्पादनको लागि चाहिने कच्चा पदार्थ क्लिन्कर, कोइला र विद्युतको मूल्यमा कुनै परिवर्तन नआए पनि नेपाली बजारमा सिमेन्टको मूल्य चर्को रुपमा बढ्ने क्रम जारी रहेको छ ।

सिमेन्टको कच्चा पदार्थ कोइला र क्लिन्करको मूल्य घट्दा पनि नेपाली बजारमा सिजनमै प्रति बोरा एक सय ५० रुपैयाँले बढाइएको छ । होंग्सी सिमेन्टले पनि आफ्नो मूल्य वृद्धि गरेको छ । यही सिजनमै सिमेन्टमा कार्टेलिंग गरेर मनग्गे कमाउँदा सरोकारवालाले ध्यान नदिएको गुनासो उपभोक्ताहरुको रहेको छ ।

कोइला प्रति टन ३५००० रुपैयाँ र क्लिन्कर प्रति टन ४२ सय रुपैयाँ हुँदा नेपाली बजारमा सिमेन्टको मूल्य ३५० रुपैयाँदेखि ४०० रुपैयाँ थियो। र कोइलाको मूल्य घटेर प्रति टन १५ हजार रुपैयाँ र क्लिन्करको ६२ सय रुपैयाँ हुँदापनि सिमेन्टको मूल्य प्रति बोरा पिपिसी ६३० र ओपिसि ७८० रुपैयाँ कायम गरिएको छ । यसलाई सिमेन्ट उद्योगीहरुले उपभोक्तासंग ठगी धन्धा गरे पनि सरकारसमेत मौन रहेको भन्दै स्थानीय उपभोक्ता प्रमोद साहले आरोप लगाएका छन् ।

बजारमा प्रति बोरा ६२० रुपैयाँमा बेच्ने सिमेन्ट कम्पनीहरुले भारतीय बजारमा भने प्रति बोरा ३२० रुपैयाँमै निर्यात भइरहेको जनाइएको छ । एकै लागतको सामान नेपाली बजारमा ६२० रुपैयाँ र भारतीय बजारमा ३२० रुपैयाँ गर्नुले सिमेन्ट उद्योग मिलेर नेपाली उपभोक्तालाई लुट्नुसम्म लुटेको छ । विशेषगरि, आफै क्लिन्कर उत्पादन गर्ने र आफ्नै अर्को पनि सिमेन्ट उद्योग भएका सिमेन्ट कम्पनीहरुले एक आपसमा मिलेर अहिले सिमेन्टमा कार्टेलिंग गरेको बताइन्छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्नलाई कुल उत्पादन क्षमताको ३०–४० प्रतिशत मात्रै उत्पादन गरेर यस प्रकारका सिमेन्ट उद्योगले कार्टेलिङ गरेको बताइएको छ ।

स्रोतका अनुसार विगतमा १००० बोराबाट हुने आम्दानी अहिले ४०० बोरा बेचेर कमाएका छन्, यसले एकातर्फ ६०० बोराको उत्पादन लागत सिधै बचेको छ भने अर्कोतर्फ बजारमा मूल्य वृद्धि र सिन्डिकेटलाई बढावा दिएको छ, यस्तै हो भने केहि व्यक्ति मिलेर हरेक क्षेत्रमा कार्टेलिंग हुने देखिएको छ । स्रोतले बताए अनुसार, “अहिले प्रत्येक सिमेन्ट उद्योगले न्युनतम पनि दैनिक डेढ करोड कमाएका छन्, २० वटा सिमेन्ट उद्योगले दिनमा ३० करोड कमाइ गर्दा महिना दिनमै ९० अर्ब कमाइ गरेका छन्, तीन महिना मात्रै कार्टेलिंग गर्न सफल भए भने २७० अर्ब कमाई गर्छन” स्रोतको दाबी छ, “कार्टेलिंगमा सघाउने सबै तह तप्कालाई यही पैसाको केही हिस्सा दिंदा पनि पुगेकोले अहिले सबै मौन छन् ।” हुन त निर्माण व्यवसायीहरुको साझा संस्था ’नेपाल निर्माण व्यवसायी महासंघ’ का अध्यक्ष रवि सिंहले पनि भारतीय बजारमा ३२० रुपैयाँमा बिक्री भइरहेकाले आफूहरुले त्यहींबाट सिमेन्ट आयात गर्न पाउनुपर्ने माग गर्दै कार्टेलिंग गर्ने उद्योगहरुलाई कारबाहीको लागि उजुरी बताउँदै आएका छन् ।

उपभोक्ता लुटिरहेका सिमेन्ट उद्योगीलाई उद्योगमन्त्री दामोदर भण्डारीको साथ रहेको भन्दै कारबाही नभएको दाबी नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धिबारे मन्त्रालय लामो समयदेखि जानकार रहेको र यस विषयमा सिमेन्ट उत्पादक, निर्माण व्यवसायी, उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेको बताउदै निर्माण व्यवसायीले दाबी गरेझैं सिमेन्टमा मूल्य वृद्धि नभएको बताए । उनले घुमाउरो पाराले मूल्य वृद्धि भएको भने स्वीकारे । तर सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरुले लोडसेडिङ बढेको, कोइला र चुनढुंगाको मूल्य बढेको, ढुवानी लागत बढेकोलगायत कारणले मूल्य बढेको बताएका छन् ।

सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरुले पनि निर्माण व्यवसायीहरुले भनेजस्तै ७५ प्रतिशतले मूल्य वृद्धि नभएको बताए । निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले सिमेन्ट उद्योगहरु एक आपसमा मिलेर सिमेन्टको मूल्य ७५ प्रतिशतसम्मले बढाएको प्रमाण नै पेश गरे । उनले लेखा समितिलाई आफुले नै सिमेन्ट प्रति बोरा ६३० रुपैयाँदेखि ८३८ रुपैयाँसम्म तिरेको प्रमाण देखाए पनि समितिले कुनै कारबाहीको आदेश दिन सकेन । गत कार्तिकसम्म प्रति बोरा साढे चार सयको हाराहारीमा रहेको समेत सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News