अपडेट 
२०७६ चैत्र २९, शनिबार २०:२६

जनकपुरधाम। कोरोना भाइरसबाट संक्रमित भएको डरले भारतमा एक युवकले आत्महत्या नै गरेका छन ।

तर आत्महत्यापछि उनको रिपोर्ट आएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार तामिलनाडुस्थित अरियालुरको सरकारी अस्पतालको आइशोलेसन वार्डमा भर्ना गरिएका युवकले कोरोना संक्रमित भएको आशंकामा आत्महत्या गरेको हो ।

ती युवक भारतकै अर्को राज्य केरलबाट तामिलनाडु फर्केका थिए । केरलबाट फर्किएपछि उनलाई ज्वरो र खोखीको लक्षण देखिएपछि उनलाई अस्प्तालन भर्ना गरिएको थियो ।

गत मंगलवार उनको स्वाव परिक्षणकालागि संकलन गरियो, स्वाव परिक्षणको रिपोर्ट नआउँदै उनलाई आइशोलेसन वार्डमा भर्ना गरेपछि उनले संक्रमित भएको आशंकामा डरले आत्महत्या नै गरे ।

Comment


Related News

Latest News

Trending News