अपडेट 
२०८१ माघ १६, बुधबार ०८:१२

प्रदेश प्रहरी लागूऔषध कारोबारीसँग करोडौँको सम्पत्ति सुरक्षाको व्यवस्था खुकुलो भएको भन्दै प्रदेश सरकारले प्रहरी र प्रशासनका लागि पटकपटक आन्दोलनसमेत गर्दै आएका छन् ।

केही दिन अघि पोखरामा भएको सात वटै प्रदेशका मुख्यमन्त्रीसहितको प्रधानमन्त्रीसंग छलफलमा पनि प्रदेश प्रहरी समायोजन नहुँदा प्रदेशमा आफ्नो प्रहरी अभावमा शान्ति सुरक्षा प्रदेशवासीलाई दिन नसकिएको भन्दै गुनासो गरेका थिए । सोही परिपे्रक्ष्यमा संघीय सरकारले प्रदेशमा प्रहरी समायोजन हुने प्रहरीलाई एक तह बढुवाका लागि उम्मेदवार बनाउने प्रस्ताव अघि सारिएको छ ।

नेपाल प्रहरीसम्बन्धी विधेयकले प्रदेशमा समायोजन हुने प्रहरी कर्मचारीको पदभन्दा एक तह वा श्रेणी माथिको पदमा बढुवाका लागि उम्मेदवार बनाउने प्रस्ताव गरेको छ । मंगलबार संसदमा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले प्रदेशमा समायोजन हुनेका लागि एक तह बढुवाको प्रस्ताव अघि सारिएको जनाइएको छ । तर प्रदेश प्रहरीमा समायोजना भएको कर्मचारी प्रदेश प्रहरी सेवाको माथिल्लो तह वा श्रेणीमा बढुवा भएमा नेपाल प्रहरी सेवाको पदमा बढुवाका लागि उम्मेदवार भने हुन पाउने छैनन् ।

प्रदेश प्रहरीबाट डिआइजीमा बढुवा गर्दा प्रदेशकै एक तहमुनि पदमा कार्यरत अधिकृतबाट बढुवा गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था गर्न लागिएको जनाइएको छ । संघीय प्रहरीमा रिक्त पदमा बढुवाबाट पदपूर्ति गर्नका लागि भन्दै एसएसपी पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने व्यवस्था गरिएका छ । प्रदेशमा चार वर्ष सेवा अवधि पूरा नगर्ने एसएसपी नेपाल प्रहरीमा बढुवाका लागि उम्मेदवार हुन पाउने छैनन् । प्रदेश प्रहरीमा बढुवाका लागि सम्भाव्य उम्मेदवार उपलब्ध नभएमा नेपाल प्रहरी सेवाबाट बढुवा गरी पदपूर्ति गर्ने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News