२०८१ माघ २३, बुधबार ११:१५

हिजो (मंगलबार) तोलामा एक हजार नौसय रुपैयाँ बढेको सुनको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ। सुन आज प्रतितोला दुई हजार दुईसय रुपैयाँ बढेको हो।

यो साताको तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य हिजो र आज उल्लेख्य मात्रामा बढेको छ।

आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६४ हजार सातसय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एकहजार नौसय ३० रुपैयाँ थियो।

Comment

Related News

Latest News

Trending News