अपडेट 
२०८१ माघ २५, शुक्रबार १७:०६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे ।

सरकारले भूमि क्षेत्रका समस्याहरुलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाई छ । शुक्रवार नियुक्त भएका सदस्यहरुको विवरण सूचि ।

Comment


Related News

Latest News

Trending News