![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/aarti.jpg)
विहान झिसमिसेमै जनकपुरको पेठिया बजारमा आरती शाहले पसल थापिसक्छिन् । र छेउमा टुसुक्क बस्छिन्। हुन त यो काम उनले पाँचवर्ष पहिले पनि गर्थिन्। पहिले बुवाको तरकारी पसलमा काम गर्थिन्। अहिले आफ्नै पसल सुरू गरेकी छन्। जब उनले पछिल्लोपटक आफ्नै पसल सुरू गरिन् उनको जिन्दगीमा धेरै कुरा परिवर्तन भइसकेको थियो।
पसल थापेपनि सुरू सुरूमा त उनको अनुहार देखेर मान्छेहरू नजिक आउन्नथे। त्यतिबेला उनको मन एसिडले झैँ पोल्थ्यो। तर पनि उनले हिम्मत हारिनन्। उनी पसल थापेर छेउमा टुसुक्क बस्न छोडिनन्। उनलाई थाहा थियो, यो पसल उनका लागि गुजारा टार्ने माध्यममात्र होइन, जिन्दगीको नयाँ सुरूवात हो१ आफूलाई आशाको बाटोमा डोर्याउन र समाजलाई आफूमाथि भएको अपराध विर्सिन नदिन उनी घरको चौकठ नाघेर पेठिया बजारमा निस्किएकी हुन्।
नभए त, १४ वर्षको उमेरमै उनी विहेको घुम्टो ओढेर जनकपुरकै सञ्जिव साहको घर पुगेकी थिइन्। बिहे गरेको केही समय नवित्दै सञ्जिवले उनीमाथि हिंसा गर्न थाले। कहिले कुटपिट गर्थे, कहिले गाली। कहिले उनका पैसा चोरिदिन्थे कहिले गरगहना१ जस्तो भएपनि केटीले नै सहनुपर्छ भन्ने संस्कार पच्छ्याएर कलिलो उमेरमै आरतीले धेरै कुरा सहिन्। पहिला पहिला त श्रीमानले मात्रै दुस्ख दिन्थे विस्तारै सासु ससुराबाट समेत आरतीले अपहेलना भोग्नुपर्यो।
आरतीकी छोरी जन्मिसकेकी थिइन्। आफूले भोगेको हिंसाको असर छोरीलाई पनि पर्ने पीरले आरतीको मन खाइरहन्थ्यो। एकदिन आरतीले हिम्मत गरिन् र घरबाट निस्केर हिँडिन्। अनि सञ्जिवको घरबाट छोरी सहित निस्केर आफ्नो माइती नजिकैको पेठिया बजारमा बस्न थालिन्। उनका श्रीमानले सम्बन्ध विच्छेद गर्ने दबाब दिन थाले। आफूले सम्बन्ध विच्छेद गर्दा सम्पत्ति दिनुपर्ने भएकाले आरतीले नै गर्नुपर्ने उनको भनाइ थियो। आरती त्यसो गर्न सक्दिनथिन्।
छुटिएर बस्दा पनि आरतीले उनीबाट छुटकारा पाइनन्। सन्जिव पेठियाबजारमै आएर आरतीमाथि कुटपिट गर्थे। एकदिन सञ्जिवले आफूमाथि आक्रमण गरेका बेला उनले प्रहरीलाई खबर गरिन्। प्रहरी त आयो। अनि कुटपिट नगर्न भनेर सञ्जिवलाई संझाएर पठायो। पुलिसले सम्झाउँदा पनि उनले सम्झेनन्। उल्टै आरतीमाथि झन् बढी कुटपिट गर्न थाले। कहिले करेन्ट लगाइदिने कहिले आगो लगाइदिने गर्न थालेपछि भने आरतीले सञ्जिवलाई कानुनी कारबाही गर्न माग गर्दै आरतीले प्रहरीमा निवेदन दिइन्। त्यहीबेला कोरोना महामारी सुरूभयो। प्रहरीमा दिएको घरेलु हिंसाको निवेदनमा कारबाही रोकियो।
२०७७ साल कात्तिकको कुरा हो। त्यो लक्ष्मीपुजाको दिन थियो पेठियाको डेराकोठामा श्रीमान सञ्जीव आइपुगे। र एक्कासी हातमा लिएको गिलास आरतीको अनुहारतिर बढाए। गिलासमा भएको तरलपदार्थ आरतीको देब्रे पट्टिको अनुहारबाट हातसम्मै पर्यो। केही छिटा छोरीको हातमा पनि पर्यो। त्यो एसिड थियो। आफूलाई सञ्जिवले एसिड प्रहार गरेको थाहा पाएपछि आरती आफै बजार निस्किइन्। कोरोनाको समय भएकाले उनको नजिक कोही आउन मानेनन्।
‘आगो लागेजस्तै गरि भतभति पोलिरहेको अनुहार र हात लिएर म बाहिर निस्किएकी थिएँ। नजिकैका एक पसलेले मलाई रूमाल फ्यालिदिए। अनि म नजिकैको जानकी हेल्थ केयर पुगिन्। उनीमाथि एसिड प्राहर भएको घटना सामाजिक सञ्जालमा फैलियो। फेसबुक पोष्ट देखेर उज्वल बिक्रम थापाले आरतीलाई सम्पर्क गरे। र काठमाण्डौस्थित किर्तिपुर अस्पतालमा उपचार गराउन पहल गरे।
‘१ सय १० दिनको अस्पताल बसाईमा आरतीको पाँच पटक अप्रेसन गरियो। एउटा आँख भने बचाउन समेत सकिएन,’ उनले भनिन्। उपचार सकेर जनकपुर आएपछि उनीले दुईवटा लडाईं लड्नु थियो। एउटा नयाँ तरिकाले जिन्दगी बाँच्ने लडाईं एउटा आफूमाथि भएको अपराधविरूद्धको कानुनी लडाईं। उनका श्रीमानलाई भने प्रहरीले पक्राउ गरिसकेको थियो। आरतीका आमाबुवा र दाजुले सञ्जिवविरूद्ध जाहेरी दिएका थिए। उनीहरूले सञ्जिवलाई एसिड बिक्रि गर्ने व्यापार नागेन्द्र विरूद्ध पनि जाहेरी दिएका थिए।
जिल्ला अदालतले सञ्जिवलाई साढे १० वर्ष सजाय सुनायो। भने नागेन्द्रलाई सफाई दियो। उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको छ। एसिड बेच्नेलाई समेत कारबाहीको माग गर्दै आरतीले धेरै सार्वजनिक फोरमहरूमा आफ्ना माग राख्दै आएकी छन्। हुन त उनलाई उपचार लगायतको खर्च भनेर प्रदेश सरकारले सहयोग गर्यो। उनलाई महिला दिवसको दिन सम्मानित पनि गर्यो। जसले गर्दा उनले नयाँ जिवनको सुरूवात गर्ने हिम्मत जुटाउन सकिन्। तर अरूले गरेको सहयोगले त जिन्दगी चल्दैन। त्यसैले आफूलाई जागिर लगाइदिन उनले माग गरेकी थिइन्। सरकारी मान्छेहरूले जागिरका खोजिदिएका समेत थिए। तर उनीसँग नागरिकता थिएन। त्यसपछि नागरिकताका लागि उनी अर्को लडाईं सुरूभयो।
वंशजको नागरिकता बनाउन आमा वा बावु नेपाली नागरिक हुनुपर्ने कानुन छ। आरतीका आमाबुवा नेपालि नै हुन्। तर जिल्ला प्रशासन धनुषाले यो व्यवस्था अनुसार उनलाई नागरिकता दिएन। उनी विवाहित महिला भएकाले आमाबुवाको मात्र नागरिकता देखाएर नमिल्ने भन्दै फर्कायो।
विवाहित महिला भएकाले नगरिकता बनाउन पतिको नागरिकता र पतिका परिवारको सनाखत चाहिने भन्यो। विवाहित वंशजको नागरिकता बनाउनका लागि पतिको पहिचान हुनुपर्ने यस्तो व्यवस्था कानुनमा छैन। तर प्रशासनले भने कानुको मर्म विपरितको प्रकृया तोकेर धेरै महिलालाई हैरान पारेको छ। त्यही हैरानीमा आरती पनि पर्नुपर्यो।
एसिड छ्यापेर मार्नै खोजेपछि आफूले जेल पुर्याएका श्रीमानको नागरिकता र उनका परिवारको सनाखत ल्याएर प्रशासनलाई दिन आरतीलाई निकै हम्मे पर्यो। पाएको जागिर नागरिकताकै कारण रोकिएपछि बिहान हातमुख जोर्ने कसरी भन्ने कुराले केही समय उनलाई गाह्रो भयो। त्यसपछि भने आरतीले पसल खोल्ने विचार गरिन्। पहिला पनि बुवाको तरकारी पसलमा काम गर्ने अनुभव थियो। त्यसैले उनले पेठिया बजारमा तरकारी पसल थाप्न थालिन्।
‘धेरैसमय म माइतीमै बसेँ। मसँग पनि छोरी छ, माइतीको आसमा कति बस्ने हो आफैले गर्नुपर्छ भन्ने भयो। मेरो बाँच्ने मुख्य आधारै यही छोरी त हो। छोरीलाई राम्रो शिक्षा दिक्षा दिन चाहन्छु। अनि मैले पसल खोलेँ,’ उनले भनिन्, ‘आज आफूले पढ्न नसकेका कारण दुःख पाइरहेकी छु, त्यो दुःख मेरी छोरीले भोग्नु नपरोस् भन्ने लागेको छ।’
यसपाली पसल चलाउन उनलाई सजिलो भएन। एसिडले विगारेको अनुहार छोपेर उनी बसिनन्। ग्राहक भने सबै बुझ्ने हुँदैनन्। पहिले जसरी सहजै उनको पसलमा ग्राहक आउँथे यसपालि आएनन्। उनलाई देखेर तर्किनेहरू कति भए कति। तर उनले हिम्मत हारिनन्। उनले आफूलाई सम्झाइन्।
‘मैले त आफूलाई सम्झाएको छु, पुरानो आरतीको मृत्यु भइसक्यो, अहिले बाँचेको नयाँ आरती हो। जसले अब तेजाबले जलेको दागका साथ बाच्नु र हाँस्नु पर्नेछ। यो त मलाई पो थाहा छ त अरूलाई थाहा हुन्न। थाहा नहुन्जेल मान्छेहरू तर्किन्छन्। त्यसैले मैले हिम्मत हारिन,’ उनले भनिन्, ‘नयाँ जिन्दगीमा म पहिला जस्तो पिडित र अशान्त भएर बाँच्न चाहन्न। त्यसैले हिम्मतले काम सुरू गरेँ।’ अहिले भने उनको पसलमा राम्रै व्यापार हुन थालेको छ। छोरीलाई पढाउन पुग्ने पैसा कमाउनु छ उनलाई। र बाँकी जीवन छोरीसँगै सुखले विताउने उनको सपना छ।
आरतीले तीनरचारवर्षको। संघर्षपछि महिनादिन अघि ससुरा र देवरको सनाखतका आधारमा नागरिकता पाएकी छन्। एसिड पिडितहरूलाई सहयोग गर्दै आएका सामाजिक अभियान्ता उज्वल विक्रम थापाले आरती निकै हिम्मतीली भएको बताए।
‘नेपाल भरीका एसिड पीडितहरूलाई कुनै न कुनै स्थानमा जागिरको व्यवस्था गरिएको छ। उनका लागि पनि गरिएको थियो। तर नागरिकता नभएपछि जागिर नपाएना। नपनपाएकी हुन ,’ उनले भने ‘आरती निकै बहादुर मान्छे हुन् जागिर नपाए पनि आफै व्यापार गर्छु भनेर सोचिन्। आफ्नै खुट्टामा उभिने हिम्मत गरिन्।’