अपडेट 
२०७७ बैशाख १, सोमबार १४:३२

डडेल्धुरा।सोममबार सुदूरपश्चिममा थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो।

र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाएकी ती महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो। स्वाब संकलन गरेका टीकापुर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती महिलामा कोरोना पोजेटिभ देखिएको हो।

  लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालले जनाएको छ। कोरोना संक्रमित ती महिला वीरगञ्ज नाकामा चिया बेच्थिन्। त्यहाँ उनले सामान्य चिया पसल सञ्चालन गर्दै आएकी थिइन्।

वीरगञ्ज नाकाबाटै पसेका तीन भारतीयमा आइतवार कोरोना पोजेटिभ देखिएको छ।  लकडाउनका कारण समस्यामा परेपछि उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा त्यहाँबाट कैलालीको लम्की पठाएको थियो।  मजदुरहरू समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर कैलाली पठाएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी जानकारी दिए।  नेपालबाटै आएपछि उनी भुरुवास्थित आफन्तको घरमा बसिरहेकी थिइन्।

सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको  क्वारेन्टाइनमा राख्न लगाएका थिए।  चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्‍यापिड टेस्ट गरेको थियो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो।  क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्। उनको गाउँमा आफ्नो घर नभएकाले आफन्तहरुको घरमा बस्दै आएककी थिइन्।

१३ दिनपछि संक्रमण कोरोना संक्रमित ती महिला १३ दिनअघि कैलाली पुगेको खुलेको छ। वीरगञ्जमा रहेकी उनी चैत १७ गते लम्कीचुहा नगरपालिकाका लागि हिँडेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी चैत १८ गते मात्रै लम्की पुगेकी थिइन्। त्यसपछि लम्की बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो। उनको चैत २५ गते काठमाडौंबाट आएको तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन गरी परिक्षणका लागि लगिएको थियो।

र्‍यापिड टेस्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि ती महिलालाई घर फर्काइएको थियो। तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षण गर्दा ‘पोजेटिभ’ देखिएको हो। क्वारेन्टाइन छाडेपछि संक्रमण कैलालीमा फेरि क्वारेन्टाइनबाट घर पठाइएका एकजनामा कोरोना संक्रमण देखिएको छ। यसअघि पनि धनगढीकी ३४ वर्षीया महिलालाई क्वारेन्टाइनबाट घर पठाएपछि कोरोना देखिएको थियो। सोमबार फेरि ६० वर्षीय महिलालाई कोरोना देखिएपछि घरबाटै अस्पताल ल्याइएको हो।

कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो।  यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो। तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। परिवारका सदस्य फेरि क्वारेन्टाइनमा  संक्रमित महिलाका परिवारका तीन सदस्यलाई फेरि क्वारेन्टाइनमा राखिएको छ।

महिलामा कोरोना संक्रमण देखिएपछि परिवारका अन्य तीन सदस्यलाई फेरि क्वारेन्टाइनमा राखिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार तीन जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिएको छ। चारैजनाको र्‍यापिड टेस्टमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २९ गते घर पठाइएको थियो। 

कोरोना संक्रमितको संख्या १३ योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्।   योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका लम्कीकै एक पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

उनीहरू सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। आइतबार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो।  नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन्।

Comment


Related News

Latest News

Trending News