![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा रु ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ ।
सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।