अपडेट 
२०८१ माघ २९, मंगलवार १८:४२

बाराको ईलाका प्रहरी कार्यालय सिमराले आज मङ्गलवार बिहान दुईजना लाई १३ किलाे अफिम सहित पक्राउ गरेको छ ।

स्कुटरमा  अफिम लुकाएर वीरगञ्ज तर्फ गइरहेका समयमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दिपक बस्नेतको कमान्डको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ८ का ४५ वर्षीय भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का ५४ वर्षीय सूर्यबहादुर मोक्तान रहेका छन् । उनीहरूको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक सुभद्रा लामाले जानकारी दिनुभयो ।

मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगञ्ज तर्फ गइरहेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न घेरा हालिसकेको थियो । प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागिसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीले अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बरामद भएको अफिमको मूल्य दुई करोड भन्दा बढी रहेको छ । भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News