![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।
सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिदेखि लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कायम भएको थियो ।