२०८१ फाल्गुन २, शुक्रबार ११:२६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवाद मिलाउन आवश्यक परे अमेरिकाले भूमिका खेल्ने बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित बिहीबार ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भारत-चीन सीमा विवाद मिलाउन आवश्यक परे आफूले भूमिका खेल्ने बताएका हुन्।

‘भारत र चीनबीच सीमानामा विवाद छ। त्यहाँ झडप पनि भए। आगामी दिनमा पनि नहोला भन्न सकिन्न। आवश्यक पर्छ भने समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ,’ ट्रम्पले भने।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि आफ्नो घनिष्ट सम्बन्ध भएको बताए। चीन र भारत दुवै देशसँग आफ्नो सम्बन्ध राम्रो भएकाले दुई देशबीचको विवाद समाधान गर्न आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार भएको ट्रम्पले बताएका हुन्।

‘मध्यस्तकर्ताको आवश्यकता छ भने म तयार छु,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।

Comment

Related News

Latest News

Trending News