अपडेट 
२०८१ फाल्गुन २, शुक्रबार १४:०८

सिरहाको मिर्चैयामा ३० औं जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ ।

दिवसको उपलक्ष्यमा नेकपा माओवादी केन्द्र नगर कमिटी मिर्चैयाले विभिन्न कार्यक्रम गरि उक्त दिवस मनाएको छ । कार्यक्रममा पूर्वमन्त्री एवम मधेश प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले जनयुद्धले देशमा उत्पीडन र विभेदमा परेका वर्ग र समूदायलाई अधिकार दिने कार्य गरेको बताउनुभयो । उनले समावेसिता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगाउतका अग्रगामी परिवर्तन जनयुद्धको परिणाम भएकाले यसलाई सबैले स्वीकार्नु पर्ने जिकिर गरे । माओवादी पार्टी सरकारमा रहँदा चलाएको भ्रष्टाचार विरोधी अभियान देखि डराएर कांग्रेस एमाले मिलेर अहिलेको सरकार गठन गरेको र यो सरकार जनविरोधी रहेको नेता यादवले आरोप लगाए । साथै उनले माओवादी पार्टी एकातावद्ध रहेको र आउने निर्वाचनमा सत प्रतिसत नतिजा निकाल्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले पार्टी अध्यक्ष प्रचण्ड समाजवाद उन्मुख भएर गणतन्त्र ल्याउनुभएको स्मरण गर्दै अहिलेको उपलब्धीलाई संस्थागत गर्न आग्रह गर्नुभयो । सहादत दिनुभएका सहिदहरुप्रति आफू र पार्टी सधै कर्जदार रहिरह्ने बताउँदै मेयर यादवल आजको गणतन्त्रात्मक देश बन्नमा उहाँहरुको बलिदानी खेर नगएको दाबी गर्नुभयो ।

कार्यक्रममा सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्नुका साथै बेलुका द्विप प्रज्जवलनसमेत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News