अपडेट 
२०८१ फाल्गुन २, शुक्रबार १९:०२

जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ ।

शुक्रबार साँझ राष्ट्रि एकता अभियानका युवाहरुले मुख्यमन्त्री सिंहको विरोध गर्नुका साथै मलास जुलुस निकालेका छन् । मसाल जुलुस जनकपुरधामको भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोन सभामा परिणत भएको थियो । जुलुसको क्रममा युवाहरुले मुख्यमन्त्री सतीस सिंह मुर्दाबाद, प्रदेश सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

मुख्यमन्त्री सिंहले आर्थिक वर्षको तीन महिना मात्र बाँकी रहेकोमा हालसम्म कुनै बिकासको काम नगरेको र बजेट खर्च पनि १ प्रतिसत मात्र भएको आरोप लगाउँदै आफूहरुले मुख्यमन्त्रीको विरोध स्वरुप मसाल जुलुस निकालेको अभियानमा संलग्न अक्षय यादवले जानकारी दिए । उनले मुख्यमन्त्री सिंहले बजेट खर्च र विकासको काम गर्नुको साटो राती राती निजी अस्पतालहरुको अनुगमनमा विशेष चाँसो मात्र देखाउने गरेको आरोप लगाए । जनताको कामलाई प्राथमिकता दिनुको साटो अन्य काममा बढी केन्द्रित हुने गरेकोले प्रदेश सरकारको विरोध गरेको यादवले बताए । आफूहरुले कयौँ पटक ज्ञापन पत्र बुझाएर मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएतापनि मुख्यमन्त्री सिंहले कुनै वास्ता नगरेको भन्दै आज मसाल जुलुस निकालेको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News