२०८१ फाल्गुन ५, सोमबार ०७:५२

जगदम्वा मोटर्स अन्तरगतका टिभिएसको शोरुम संचालन गरेका आर्यन अटोले शोरुम विस्तार गरेको छ । जनकपुरधामको तपसी चौकमा संचालनमा रहेको शोरुमकै माथि अर्को तल्ला थप गरी शोरुम विस्तार गरिएको हो ।

शोरुमको उदघाट्न गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकको अर्थतन्त्र निराशातर्फ अग्रसर भइरहेको अवस्थामा अटो मोवाईलका डिलरले शोरुम विस्तार गर्नु मधेश प्रदेशका लागि खुसीको कुरा रहेको बताए । अवस्था जस्तो सुकै भएपनि कुशल कार्यशक्तिले जेपनि गर्नसक्ने उदाहरण प्रस्तुत गरेको प्रति आयर्न अटोलाई मुखयमन्त्री सिंहले बधाई दिएका थिए ।

मुख्यमन्त्री सिंहले अहिले अस्पतालहरुमा गरिदै आएको अनुगमनप्रति मधेशका जनसमुदाय साकारात्मक रहेको बताउदै केहि व्यक्तिहरुले विरोध गर्दैमा अनुगमनको कार्य नरोकिने बताए । उनले जनकपुरधाम राजधानी रहेकोले अनुगमनको कार्य यहिबाट सुरुवात गरिएको र छिटै मधेश प्रदेशका आठवटै जिल्लामा संचालन रहेका निजी अस्पतालहरु अनुगमन गरि वेथिती समाप्त गरिने बताए ।

उनले अटोमोवाईल्सहरुले समाजमा गर्दै आएको लगानी नागरिकलाई फायदा हुने खालको गर्नुपर्ने सुझाव दिदै उनले भने,‘अब झोला र फोहर फयाक्ने डसवीन बाडेर हुदैन,नागरिकलाई दिर्घकालीनसम्म फायदा हुने खालको कार्यमा लगानी गर्नुपर्ने आवश्यकता छ ।’

टिभिएसको टु व्हिलर विक्री वितरण गरिरहेका आर्यन अटो मधेश प्रदेशकै नम्वर एक मोटर साईकल विक्रेता रहेको छ,अटोका संचालक रामबालक महतोले हाल सम्म जनकपुरधाम र जलेश्वर गरि दुई ठाउमा टिभिएसका विद्युतिय र पेट्रोल गाडीहरु विक्री वितरण गर्दै आएको जनाइएको छ ।

Comment


Related News