२०८१ फाल्गुन ९, शुक्रबार १२:२२

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

Comment

Related News

Latest News

Trending News