
भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत १५९ विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् ।
बिहीबार (फागुन ८) बेलुका १५९ विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जानकारी दिए ।
बिहीबार बेलुका नै वीरगन्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ ।