अपडेट 
२०७७ बैशाख २, मंगलवार १९:४६

काठमाडौं। उपत्यकामा कोरोना भाइरस (कोभिड -१९ ) संक्रमणको संख्या बढ्न थालेपछि प्रहरीले लकडाउनलाई कडा बनाइने भएको छ।

लकडाउन शुरु भएपछि उपत्यकामा दैनिकजसो तीन देखी चार हजारको संख्यामा लकडाउन उल्लघंन गर्नेहरु पक्राउ पर्दै छुट्दै आएका छन्।

प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँदै आएकोमा भोलीबाट भने बल प्रयोग गर्ने भएको छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि पनि लकडाउन उल्लघंन गर्नेहरुको संख्यामा कमी नआएको हुँदा प्रहरीले बल प्रयोग गर्न लागेको हो।

प्रहरीले लकडाउन उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गर्दै आएको छ। तर, अब लकडाउन उल्लघन गर्नेलाई प्रहरीले सडकमा नै भाटाले हानेर नियन्त्रणमा लिन सक्ने  छ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर  सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले आग्रह गरेको छ।

सोमबार मात्र पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाएको छ ।

Comment


Related News

Latest News

Trending News