राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
‘संसद्मा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने? पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसद्मा आएर जवाफ दिएको छैन, ‘ उनले भने, ‘न अहिलेसम्म प्रहरीले समात्न सकेको छ। जवाफ दिइएन भने आजदेखि म संसद्मै आन्दोलन गर्छु। दलित हक अधिकारको लागि आन्दोलन गर्छु।’
उनले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताए। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो।


