२०८१ फाल्गुन १२, सोमवार १५:१०

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृनिकायबाट आएको रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सिंहले विदेशी दातृनिकायबाट आएका सहयोग र खर्चको विवरण सदनमा जानकारी गराउन सरकारसँग माग गरे।

उनले गैरसरकारी संस्थाहरूको नियमन गर्न र खर्च विवरणका विषयमा श्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिए।

उनले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेका विषयमा अर्थमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने धारणा राखे।

Comment

Related News