अपडेट 
२०७७ बैशाख २, मंगलवार २२:२८

बर्दिबास । कोरोना भाइरसको भयाबह अबस्था सिर्जना भएसगै महोत्तरी बर्दिबासका स्थानिय सस्थाहरुले आफ्ना सद्स्यहरुलाइ स्वयमसेवकको रुपमा परिचालन गरेका छन । विशेष गरी लकडाउन लम्बिएपछी काठमाणडौबाट पैदल लामो यात्रा तय गर्ने यात्रुहरुलाइ सयोग गर्न स्वयमसेवक परिचालन गरिएको दुर्गा पुजा समितिका अध्यक्ष श्रवन महतोले जानकारी दिए ।

बिहान ६ बजेदेखी बेलुका ८ बजेसम्म आफ्ना सदस्यहरु परिचालन गरि लामो यात्रा तय गरिरहेका यात्रुहरुलाइ बर्दिबासको चोकमा रोकेर खाना र नास्ताको नि:शुल्क ब्यवस्था गरिएको पनि उन्ले बताए ।

विभिन्न जिल्लामा अहिलेसम्म १५ सयभन्दा बढी यात्रा गर्ने यात्रुहरुलाइ खाना, नास्ता र नजिक भए यातायातको समेत ब्यवस्था गरिएको बताउदै अध्यक्ष महतोले भने:” सेवा नै धर्म हो भन्ने मुल नाराका साथ हामिले बर्दिबासका मेयर र स्थानिय प्रसासनसग सहकार्य गरी यस अभियानमा जुटेका हौ ।”

बर्दिबास पुर्ब- पश्चिम सबै प्रदेशहरुको केन्द्र भएको कारण पनी यहाँको बाटो प्रयोग गरेर दिन्हु बाहिर जानेको संख्या अधिक छ । एक दिनमा काठमाण्डौ र अन्य जिल्लाबाट बर्दिबास भएर बाहिरिनेहरुको संख्या २ सय ८७ भन्दा बढी रहेको दुर्गा पुजा समितिका सल्लाहकार राम महतोले जानकारी दिए ।

बर्दिबास भएर बाहिरिने यात्रुहरुलाइ सयोग गर्न दुर्गा पुजा समितीले स्वयमसेवक परिचालन गरेपछी स्थानिय केही ब्यापारीहरुले कसैले पानी, कसैले चिउरा, बिस्कुट र नगद समेत सयोग गरिरहेको उक्त समितीका सचिब उमेश कुमार महतोले बताए ।

यता बर्दिबास उद्योग बाणिज्य माहासघले पनि लकडाउनमा रहेका स्थानियहरुको खाध्यान्न अभाब भएमा घरसम्म पुर्‍याउने ब्यवस्था गरेको छ । यदी स्थानियहरुलाइ अत्यावश्यक बस्तुहरुको अभाब भएमा वडा अध्यक्षलाई जानकारी गराउने र अध्यक्षले माहासघलाइ जानकारी गराएपछी उक्त अत्यावश्यक बस्तुहरु घरसम्म पुर्‍याउने गरेको बर्दिबास उद्योग बाणिज्य माहासघका उपाध्यक्ष बिजय कुमार महतोले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News