२०८१ फाल्गुन १३, मंगलवार १३:३६

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर दुर्घटनातर्फ अघि बढेको र त्यसलाई आफ्नो पार्टीबाहेक कसैले जोगाउन नसक्ने बताएका छन्।

जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरीमा मंगलबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यसका लागि आन्दोलनको नेतृत्व गर्नसमेत तयार रहेको बताए।

‘उमेरले ७० काटे पनि फेरी एउटा ठूलो आन्दोलनको नेतृत्व गर्ने आँट मभित्र छ। तपाईंहरूले देख्नुभएको छ, विहानदेखि बेलुकासम्म पूर्वदेखि पश्चिमसम्म हिमालदेखि पहाड तराईसम्म म लगातार जनतालाई अपिल गरेर हिँडिरहेको छु।’ प्रचण्डले भने,  ‘किनकी यो देश दुर्घटनामा पर्दैछ। भविष्यमा म भन्न सक्दिनँ तर यतिबेला माओवादी केन्द्रबाहेक अरु कसैले राजनीतिक परिवर्तनको रक्षा गर्न सक्दैन।’

उनले जनताले हिजो गरेको भरोसा कायम राख्न नसेको र अहिले आत्मसमीक्षा गरेर आएको भन्दै एकपटक फेरि माओवादीलाई सशक्त बनाइदिन आग्रह गरे।

उनले कांग्रेस र एमालेसँगको संगतबाट दुवै पार्टीको रोग अलिअलि सरेकाले आफूहरू विरामी भएको भन्दै जनताले मात्र उपचार गर्न सक्ने भन्दै जागरण अभियान लिएर आएको बताए।

Comment


Related News

Latest News

Trending News