
महोत्तरीको औरही स्थित अवैध डान्सबारबाट महिलासहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको जनाएको छ ।
जिल्लाको औरही नगरपालिका–२ स्थित ब्लयाक एण्ड व्हाइट डान्सबारबाट ८ महिला र ३ पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरूले डान्सबार सञ्चालन गर्न सम्बन्धित निकायबाट स्वीकृति नलिएको र महिला कर्मचारी राखेर सामाजिक मूल्य मान्यतामा असर पु¥याउने कार्य गरेको महोत्तरी प्रहरीको भनाइ छ ।
सोमबार राति पक्राउ परेका ११ जनालाई मंगलबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको छ ।