२०८१ फाल्गुन १५, बिहीबार ११:२६

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बैठक फागुन १८ देखि २० गतेसम्म ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने जानकारी दिए ।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।  बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आआफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए।  बैठक बिहान ११ बजे सुरु हुनेछ ।

Comment


Related News

Latest News

Trending News