२०८१ फाल्गुन १७, शनिबार ०७:२२

सर्लाहीको हरिवन नगरपालिकास्थित इन्दु शंकर चिनी उद्योगले चालु सिजनको अहिलेसम्म किसानलाई एक अर्ब ३७ करोड तीन लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

गएको मंसिर २७ गतेदेखि सञ्चालनमा आएको इन्दु शंकरले किसानलाई १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । उनले भने, ‘फागुन १४ गतेसम्म उद्योगले २६ लाख ५१ हजार चारसय क्विन्टल उखु क्रसिङ गरेको छ,’ नेपालले अघि थप्दैँ भने, ‘ यो फागुन मसान्तसम्म उद्योग चल्ने अनुमान हामीले गरेका छौँ ।’

इन्दु शंकरले सरकारले दिने अनुदान रकमबाहेक उद्योगको तर्फबाट किसानलाई दिनुपर्ने प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँका दरले एक सातामै भुक्तानी गरिएको छ । इन्दु शंकरले यस वर्ष ३० लाख क्वीन्टलभन्दा धेरै उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। यो लक्ष्यमा थोरै तलमाथि भए पनि यसवर्ष ३० लाख क्विन्टलभन्दा बढी नै उखु क्रसिङ हुने नेपालले बताए ।

गत वर्ष इन्दु शंकरले २९ लाख क्वीन्टलभन्दा धेरै उखु क्रसिङ गरेको थियो । सरकारले गतवर्ष किसानले पाएको मूल्यमा प्रतिक्विन्टल २० रुपैयाँ थप गरेर चालु सिजनको लागि उखुको समर्थन मूल्य निर्धारण गरेको जनाएको छ । यस वर्ष उखुको मूल्य प्रतिक्वीन्टल पाँचसय ८५ रुपैयाँ निर्धारण गरिएको जनाएको छ । गत वर्ष उद्योगीले किसानलाई उखुको मूल्य प्रतिक्वीन्टल पाँचसय ६५ रुपैयाँ दिएका थिए ।

गत गर्ष सरकारले किसानलाई उखुमा प्रतिक्विन्ल ७० रुपैयाँ अनुदान दिएको थियो। गएको सिजनमा सरकारी अनुदानसहित किसानले उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ पाएका थिए ।

Comment


Related News

Latest News

Trending News