२०८१ फाल्गुन १७, शनिबार ०९:३४

भारत सरकारको सहयोगमा बाराको फेटा गाउपालिकामा निर्माण गरिएको बंगरी पुलको उदघाटनको उदघाटन भएको छ ।

फेटा गाउपालिकाको वार्ड नम्बर १मा रहेको बंगरी नदिको चिलझप्टी घाटमा भारत सरकारको सहयोगमा १ करोड ९६ लाखको लागतमा यो पुल निर्माण भएको हो ।

शुक्रबार सडक डिभिजन कार्यालय होटौडाले आयोजना गरेको बंगरी पुल उदघाटन कार्यक्रममा भारतीय महाबाणिज्यदुत देवी सहाय मिना र संघीय सडक सुररिवेक्षण तथा अनुगमन कार्यालय काठमान्डौका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले पुलको संयुक्त रुपमा उदघाटन गर्नुभएको छ ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य व्यक्तगर्दै भारतीय महावाणिज्यदुत मिनाले नेपाली जनताको जिवन उथ्थानको लागी भारतको सहयोग सदैव जारी रहने प्रतवद्धा व्यक्त गर्नुभयो । उहाले बंगरी पुल परियोजना भारत नेपाल विकास साझदारी अन्तर्गत निर्माण भएको बताउनु भयो ।

मुख्य रुपमा नेपाली जनताको जिवन उथ्थानको लागी सहयोगी हुने विद्यालय र अस्पताल भवन,सडक र पुल लगायत धरातलिय विकास निर्माणलाई सामुदायिक विकास परियोजनाको रुपमा भारतले नेपाललाई गर्दै आएको सहयोग राषी बढाएर २० करोड पुर्याइएको भारतीय महाबाणिज्य दुत मिनाको भनाइ थियो ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गन बंगरी नदिको पुल निर्माणले फेटा गाउपालिका लगायत बारा जिल्लाको दक्षिणी भेगका जनताहरुलाई वीरगन्जको आवागमनको लागी सहज बनाएको स्थानियको भनाइ थियो ।

उदघाटन कार्यक्रममा बोल्दै संघीय सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले स्थानिय जनताको व्यक्तिगत  ,सास्कृतिक,आर्थिक जिवनलाई सहज बनाएको बताउनु भयो । उहाले नेपाल सरकारले भारत सरकारको सहयोगमा धेरै भौतिक पुर्वाधारहरुको विकास गरेकोमा भारतलाई धन्यवाद व्यक्त गर्दै नेपाल भारत बिच रोटी बेटीको सम्बन्ध रहेको बताउनु भयो । इन्जिनियर न्यौपानेले नेपाल भारत बिचको सम्बन्ध आफैमा अनौठो रहको बताउदै भौगोलिक रुपले नेपाल भारत दुइ मुलुक भएपनि धार्मिक,सांस्कृतिक एक भएकोले मेलामा ५०लाख भन्दा बढी नेपालीले धार्मिक स्नान र पुजापाठ बताउनु भयो ।

सन् २००३ देखि भारतले नेपालमा ५६३ भन्दा बढी सामुदायिक विकास परियोजनाहरु ९एकआईसिडिपि० शुरू गरेको छ ।नेपालको सातै प्रदेशमा जनताको आधारपुत आवश्यकतालाई पुरागर्ने खालका स्वास्थ्य, शिक्षा,खानेपानि,केनेक्टिभिटि, स्वच्छता लगायत सार्वजनिक उपयोगिताहरुको क्षेत्रमा ४९३ परियोजनाहरु सम्पन्न गरेको छ ।जसमध्ये ,भारत सरकारले भारतीय महावाणिज्य दूतावास, बीरगंजको कार्यक्षेत्रमा रहको ७४ वटा परियोजनालाई स्किृति दिएको छ ।त्यसमध्ये ५६ वटा परियोजना पुरा भएको जनाइको छ ।

यसका साथै भारत सरकारले महावाणिज्य दूतावासले विभिन्न संघ संस्थनहरुलाई १९७ एम्बुलेंस र ३८ स्कूल बस उपहार दिएको छ ।जसमध्ये भारत सरकारले बारा जिल्लाको विभिन्न अस्पतालों, स्वास्थ्य चौकियहरु र शैक्षणिक संस्थानहरुलाई १३ वटा एम्बुलेंस र चार स्कूल बस उपहार दिएको छ ।

 

Comment


Related News

Latest News

Trending News