अपडेट 
२०७७ बैशाख ३, बुधबार १७:५५

काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने कोरोन संक्रमित मध्ये ५८ वर्षीय पुरुष चैत ९ गते काठमाडौं महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा पुगेको खुलेको छ। 

उनी वडा कार्यलयमा जन्मदर्ता लगायतका काम लिएर पुगेको वडा सदस्य मिना सिंहले जानकारी दिइन्। ‘सनसिटीमा संक्रमित मध्ये एकजना चैत ९ गते हाम्रो वडा कार्यलयमा आउनु भएको थियो,’ उनले भनिन्, ‘कार्यलयमा जन्मदर्ताको काम लिएर आउनु भएको थियो।’ 

महानगरको वडा कार्यलयले मंगलबार सूचना निकालेर वडा  कार्यलयका प्रतिनिधि र कर्मचारीको र्‍यापीड टेस्टबाट कोरोना परीक्षण गर्ने बताएको थियो। 

सोही सूचनाका आधारमा बुधबार वडा कार्यालयका जनप्रतिनिधिको धमाधम टेष्ट भइरहेको सदस्य सिंहले जानकारी दिइन्। ‘अहिले यो प्रत्यक्ष सम्पर्कमा आएका हामी सबैको टेष्ट हुँदैछ,’ उनले भनिन्, ‘अहिलेसम्म कसैमा देखिएको छैन।’ महानगरले विदेशबाट आएर बस्ने अन्य कोही भएमा वडामा तुरुन्त

Comment


Related News

Latest News

Trending News