२०८१ फाल्गुन १८, आईतवार ०८:५७

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने सुरु प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

मंगलबारसम्म चल्ने बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।

यस्तै, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेण्डामा पनि बैठक केन्द्रित रहने बस्नेतले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News