२०८१ फाल्गुन १९, सोमबार ११:३५

अब सरकारले दुई प्रकारको लाइसेन्स प्रयोगमा ल्याउने भएको छ ।

पछिल्लो समय सार्वजनिक बस र स्कुल बसको दुर्घटना बढ्दै गएपछि सरकारले व्यक्तिगत र व्यवसायिक गरी भिन्न प्रकारको लाइसेन्स जारी गर्न लागिएको हो ।

व्यक्तिगत लाइसेन्स प्रयोग गरेर व्यक्तिगत बाइक र गाडी चलाउन पाउँछन् । भने, सार्वजनिक बस, स्कुल बस, पठाओ/इन्ड्राइभजस्ता राइड सेयरिङ एपवाला चालकलाई व्यवसायिक लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले तयारी थालेको छ ।

त्यसका लागि सवारी तथा यातायात ऐन २०४९ लाई संशोधन गर्न लागिएको छ । विभागले लाइसेन्स निकालेको समय र अनुभवको आधारलगायतलाई आधार मानेर व्यवसायिक लाइसेन्स दिने छ । त्यसका लागि कक्षा ८ पास गरेको हुनुपर्नेछ । यात्रुवाहक सवारीसाधनका चालकलाई थप जिम्मेवार बनाउन व्यवसायिक लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।

Comment


Related News

Latest News

Trending News