२०८१ फाल्गुन १९, सोमबार १५:०६

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको निर्देशन अटेर गर्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक राजन साह पक्राउ परेका छन् ।

निर्देशन विपरीत अस्पताल सञ्चालन गरेकाले साहलाई आज बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।

गत शनिबार साँझ मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनको क्रममा उक्त अस्पताल मापदण्ड विपरीत दर्ता समेत नरहेको पाइएपछि अस्पताल बन्द गर्ने निर्देशनसहित लिखित पत्र थमाएका थिए ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न मुख्य मन्त्री सिंहले दिएको निर्देशन विपरीत आज अस्पताल सञ्चालन गरेको जानकारी आउनासाथ सञ्चालक साहलाई पक्राउ गरिएको डिएसपी राजकुमार राईले बताए ।

हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी राईले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News