२०८१ फाल्गुन २०, मंगलवार १२:५१

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत भेटिएका छन् ।

मधेश भवन परिसर भित्रै रहेको आवासमा यादव आज आफ्नै ओछ्यानमा मृत भेटिएका हुन् ।

मृत भेटिएका यादव कोठा भित्रै वान्ता गरेको समेत पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । मृत्युको कारण भने अहिले खुलेको छैन् ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News