२०८१ फाल्गुन २१, बुधबार १२:०६

प्रहरीले भारतीय सीमा नाकाबाट भन्सार छलेर ल्याइएको २० केजी चाँदीसहित ४ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो ।

भारतको रक्सौल नाकाबाट वीरगन्ज हुँदै उक्त चाँदी काठमाडौं, जडिबुटीको नरेफाटमा भण्डारण गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी सन्तोष साह, उनकी पत्नीसहित ४ जना छन् ।

साहको बारा सदरमुकाम कलैयामा सुन पसल छ । बुधवार उनीहरूले अपाची मोटरसाइकलबाट चाँदी ल्याएर नरेफाटमा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News