
सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले सामूहिक बलात्कारमा गरेका थिए । सो बलात्कार घटना माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै मिलाउने प्रयास समेत गरिएको थियो ।
पञ्चायतले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायत नमिल्दा पीडक पक्षको धम्कीका कारण गत माघ ३० गते पीडित किशोरी रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।