अपडेट 
२०७७ बैशाख ३, बुधबार १९:४७

स्याङ्जा । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा १४ महिने बालक परिवाससहित छन् । नेपालगंजदेखि १९ दिनका दिन दूधे बालक च्याप्दै स्याङजा आएको परिवारलाई सुरक्षाका कारण देखाउँदै सदरमुकामका सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेको हो । 

धेरै दिनको यात्रापछि जिल्लामा भित्रिएका उनीहरुको र जिल्लाबासीको स्वास्थ्यको ख्याल गर्दै क्वारेन्टाइनमा राखिएको जनाइएको छ । हरिनास गाउँपालिका ३ मग्याम चिसापानी स्थायी ठेगाना भएका उक्त परिवारमा करिब ४५ वर्षका बावा, ४० वर्ष आमा, १० र ८ वर्षका छोरा र १४ महिने बालक छन् । उनीहरु ३ दिनदेखि क्वारेन्टाइनमा रहेको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए । 

रोजगारको खोजीमा केहीवर्षअघि नेपालगंजमा पुगेको त्यो परिवार सरकारले लडकडाउनको घोषणागरेसँगै आफ्नो गृह जिल्ला स्याङजा फर्केका हुन् । ज्याला मजदुरीबाट परिवार पाल्दै आएका उनीहरुले कोरोना संक्रमणका कारण काम नपाउँदा बिरानो ठाउँमा जिवीकोपार्जन गर्न कठिन भएको भन्दै घर फर्कन बाध्य भएको बताए । ‘चैत्र १३ मा घरबाट निस्केको । धेरै त पैदलै हिँडियो, एक-दुई ठाउँमा भने प्रहरीले गाडी चढाए’, एकै स्वरमा उनीहरुले बताए । 

क्वारेन्टाइनमा रहेकालाई खाना, खाजा, शौचालय, बाथरुप, औषधोपचार लगायत सुविधा उपलब्ध गराएको भन्दै सो परिवारको र्‍यापिङ डाइगोनिष्टक टेष्ट गर्दा नेगेटिभ देखिएको नगर प्रमुख सीमा क्षेत्रीले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म सो क्वारेन्टाइनमा १८ जनाले १४ दिने समायावधि पूरा गरेर घर फर्केका छन्  

पाँच सय किलोमीटरभन्दा धेरै हिँडेर आएका आएका उनीहरु चाहना बमोजिम हरिनास गाउँपालिका बनाइएको क्वारेन्टाइनमा राख्ने कि भन्ने बारेमासमेत छलफल भइरहेको नगर स्वास्थ्य प्रमुख काफलेले बताए । 

Comment


Related News

Latest News

Trending News