२०८१ फाल्गुन २२, बिहीबार ०७:५३

गौर राइस मिलको जग्गा बिक्री गर्ने गौर नगरपालिका बोर्डले गरेको निर्णय गरे लगत्तै सडकदेखि सदनसम्म तातेको छ भने मधेश प्रदेश सरकारसमेत सक्रिय भएको छ । प्रतिनिधिसभामा बुधबार सुन्य समयमा आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहले रौतहटको सदरमुकाम गौर स्थित राइस मिलको जग्गा गौरवको रुपमा रहेको बताएका छन् । उनले गौर राइस मिल केही भुमाफियाको चलखेलमा बेच्ने खेल भैरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण समेत गराए । उनले सो षड्यन्त्रको विरुद्धमा अहिले सिंगो गौरवासी नै आन्दोलित रहेको सदनलाई जानकारी गराएका थिए । राइस मिलको नाउँमा रहेको सो जग्गा चलखेल गरेर बेच्न खोजिए पछि गौरवासी आन्दोलनमा रहेको बताउँदै त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग पूर्व मन्त्री साहले माग गरेका थिए ।

जग्गा बचाउ अभियानीको २४ घन्टे अल्टिमेटम

राइस मिलको जग्गा बचाउ अभियानीहरुले प्रदर्शन र कोणसभा पश्चात दर्जनौँको संख्यामा गौर नगरपालिकामा पुगेर मेयर शम्भु साहलाई ज्ञापन पत्र बुझाएका छन् । कार्यपालिकाले रातारात बन्द कोठाबा गौर राईस मिलको जग्गा बिक्रि गर्ने गरेको निर्णयप्रति उनीहरूले आपत्ति जनाएका थिए । आमजनको अहित हुने र नगर प्रमुख सहित केही जनप्रतिनिधिको व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिएको निर्णय मान्य नहुने अभियानीहरुको भनाइ रहेको छ । एक इन्च जग्गा पनि कुनै भूमाफियालाई नदिने गरी यसअघि भएको निर्णय बदर गर्न २४ घन्टे अल्टिमेट दिइएको छ । राइस मिलको जग्गा बिक्री गर्ने निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै जनताको चाहना विपरीत कदमको प्रतिकारमा हुने सम्पूर्ण क्षतिको जिम्मेवार गौर नगरपालिका र मेयर साह हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री सिंहको गम्भीर ध्यनाकर्षण

गौर राइस मिलको जग्गा अधिग्रहण बारे मुख्यमन्त्री सतीशकुमार सिंहको गम्भीर ध्यनाकर्षण भएको छ । मुख्यमन्त्री सिंहको सचिवालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै गौर राइस मिलको जग्गाप्रती गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरेका छन् । ‘ऐतिहासिक, पारम्परिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिँदै आएको गौर राइस मिलको ठूलो भूभाग गुम्न लागेको विषय प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कानुनी जटिलता, स्रोत व्यवस्थापन र संरक्षणमा ठोस प्रयास नहुँदा संकटमा परेको राइस मिलको जग्गा सुरक्षित गर्न प्रदेश सरकार जग्गा अधिग्रहणको लागि प्रक्रियालाई तीव्रता दिन ठोस पहल गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारको स्तरबाट अधिग्रहण गर्न सकिने भए त्यस विषयमा कानुनी प्रावधानबारे तत्काल विस्तृत अध्ययन गर्न प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिएको छु ।’ तथापि रौतहटको धरोहर गौरको मुटु गौर राइस मिल सम्बन्धित कुनै पनि निर्णय हतारमा कार्यान्वयन नगर्न गौर नगरपालिका लगायत आवद्ध संस्थासंग प्रदेश सरकारले आग्रह गरेको छ ।

कांग्रेस प्रदेश कमिटीको ध्यानाकर्षण

नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सरकारी सम्पतिको संरक्षण स्थानिय निकायले गर्नुपर्नेमा गौर नगरपालिकाले अन्यथा गरेको भन्दै बिरोध जनाएको छ । गौर स्थित २००३ सालमा स्थापना भइ २०३३ सालदेखि बन्द रहेको राइस मिलको जग्गा सम्बन्धमा हाल भइरहेको विकसित घटना क्रमको सन्दर्भमा कांग्रेस मधेश प्रदेशको ध्यानाकर्षण भएको छ । राइस मिलको जग्गा कुनै ब्यक्तिको सम्पती नभएको, कसैको स्वामित्व कायम नभएको, कानुनी वैधानिक संस्थासमेत नरहेको र ५ दशकदेखि सार्वजनिक रुपमा समाजले भोगचलन गर्दै आएको विज्ञप्तिमा भनिएको छ । गौर नगरपालिकाले नियतवश मालपोत असुली गरी मुलुकी देवानी संहिता २०७४ विपरीत सार्वजनिक सामुदायिक गुठी वा कुनै व्यक्तिको नाममा नरहेका सरकारी सम्पति मानिने छ । स्थानीय तहले त्यस्ता सम्पतिको संरक्षण गर्ने जिम्मेवारीबाट विमुख भइ गौर नगरपालिका चंगुलमा परी प्रलोभनमा रहेको स्पष्ट भइरहेको कांग्रेस प्रदेश मुख्यसचिव सन्तु प्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । युवाहरुको खेलकुद मैदान, गौरवासीको भावना प्रतिष्ठासंग जुडेको सो जग्गा अधिग्रहणको लागि पहल गर्न प्रदेश सरकार र गौर नगरपालिकालाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

गौर नगर कार्यपालिकाले के निर्णय गरेका थिए

मेयर शम्भु साहले मंगलबार साँझ नगरको कार्यकक्षमा पत्रकार सम्मेलन गरेर राइस मिलको जग्गा बिक्रीका लागि फुकुवा गर्ने नगर कार्यपालिका बोर्डको निर्णय भएको जानकारी गराएपछि गौरमा चर्चाको विषय बनेसंगै पक्ष र विपक्षमा सामाजिक सञ्जाल फेसबुक तातिएको छ । मेयर साहले सो निर्णय गरेर नगरवासीहरूको हितमा काम गरेको दाबी गर्दै केही तत्वहरू गलत प्रचारमा लागिरहेको बताएका थिए । पत्रकार भेटघाटमा उनले गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न यस अघीनै नगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरिसकेको थियो । तर सो रकम पर्याप्त नहुँदा संघीय तथा प्रदेश सरकारसँग थप रकमको माग गरिएको बताएका थिए । अधिग्रहणका लागि मधेश प्रदेश सरकारबाट १५ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कानुनी जटिलता र देशको आर्थिक संकटका कारण नगरपालिकाले सो रकम प्राप्त गर्न सकेन, नगरपालिकाले पटक– पटक पहल गरे पनि आवश्यक बजेट प्राप्त गर्न कठिनाइ भएपछि अन्तत जग्गा बिक्रीको निर्णय गर्नुपर्ने बाध्यता भएको मेयर साहले बताए । मैले गौर राइस मिल एण्ड फ्लोर कम्पनीका सञ्चालक समितिसँग वार्ता गरी सहमति गरेको छु। विगत देखी खेल मैदानको रूपमा प्रयोग हुँदैआएको २ बिघा १५ कठ्ठा जग्गा मिल सञ्चालक समितिले निःशुल्क रूपमा गौर नगरपालिकाको नाममा पास गर्ने सहमती भएको छ । राइस मिलको जग्गामा रहेको सार्वजनिक बाटो र धर्मशाला नगरको नाउँमा ल्याएर सुरक्षित गरिनेछ उनले भने बाँकी जग्गा कम्पनीलाई फुकुवा गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ । गौर नगरवासीलाई कुनै भ्रममा नपर्न उनले आग्रह गर्दै नगरपालिकाले कुनै आर्थिक लगानी नगरी पूर्ण रूपमा निशुल्क रूपमा जग्गा प्राप्त गर्न लागेको स्पष्ट पारेका थिए । अदालतले गौर राइस मिल्सको जग्गा फुकुवा गर्ने फैसला गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फुकुवा गर्ने निर्णय दिइसकेको छ । मालपोत विभागले जग्गा रोक्का राख्नु नपर्ने परिपत्र गरिसकेको छ । नगरपालिकाले कानुनी रूपमा सम्भव नभएको कुनै पनि कार्य गर्ने छैन मेयर शम्भु साहले जिकिर गरेका थिए । वि।स।२००३ मा गौर स्थित गौर राइस एन्ड फ्लोर मिलको नाममा स्थापना भएको उद्योगले ५ बिगाहा १९ कठ्ठा १५ धुर जग्गा ओगटेको छ । करिब ५ दशकदेखि स्थानीयले खेल मैदानको रुपमा प्रयोग गदै आएको छ । राइस मिलको जग्गा २०२१ मा भूमि सुधार तथा सर्वेमा गौर राइस एन्ड फ्लोर मिल लेखिएको छ । तत्कालीन सरकार, देशका प्रतिष्ठित केही उद्योगी र केही भारतीयको संयुक्त लगानीमा स्थापना भएको उद्योग केही प्राविधिक कारणले २०३२ बन्द भएको थियो । उद्योग बन्द भएपछि बेवारिसे अवस्थामा रहेको जग्गामा स्थानीयले खेलकुदको आयोजना विभिन्न मेला महोत्सव, महायज्ञलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा राजनीतिक दलहरुको आमसभा गर्दै आएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ता नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अजय कुमार गुप्ताले मेयर साहले गरेको निर्णय सिंगो जिल्लाबासीको लागी दुर्भाग्यपूर्ण रहेको भन्दै दुःख ब्यक्त गरेका छन् । त्यस्तै कांग्रेसका नेता तथा सोही क्षेत्रका प्रदेश सांसद नागेन्द्र साहले राइस मिल गौरको जग्गा जनताको धरोहर हो र वर्षौ देखि मेला महोत्सव खेल मैदानको रुपमा प्रयोग हुँदै आएको बताए ।

Comment


Related News

Latest News

Trending News