२०८१ फाल्गुन २२, बिहीबार ०९:२१

प्रतिनिधिसभाको हिजोको बैठकले पारित गरेका पाँच वटा अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ पेश हुने भएको छ ।

प्रतिनिधिसभा बैठकमा हिजो ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धि’ अध्यादेश स्वीकार गरियोस् भन्ने सरकारको प्रस्ताव बहुमतबाट पारित भएको थियो ।

आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकबाट पनि पारित भएपछि सरकारलाई प्रतिस्थापन विधेयक संसदमा लैजाने बाटो खुल्नेछ । जसपा नेपालले सघाएपछि सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसद बैठकमा पेश भएको एक महिनाभन्दा बढी समयपछि अघि बढेको हो ।

राष्ट्रिय सभाबाट अध्यादेश र विधेयक पारित गर्न सरकारलाई जसपा नेपालको सहयोग आवश्यक पर्छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिनेमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद छन । ३ सांसद रहेको जसपा नेपालले स्वीकार गर्ने निर्णय लिएपछि बहुमत जुट्ने देखिएको छ ।

Comment


Related News

Latest News

Trending News