अपडेट 
२०७७ बैशाख ३, बुधबार २०:४१

काठमाडौं सरकारले लकडाउन प्रभावकारी नभएको निष्कर्ष निकाल्दै अब घरबाहिर निस्कनेलाई प्रहरी थुनामा राख्ने गरी निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षमा बुधबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन प्रभावकारी बनाउन कडाइ गर्ने निर्णय गरेको छ ।

‘लकडाउनलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन अनुरोध गर्ने कुराका बाबजुद प्रहरीबाट कडीकडाइ गर्ने निर्णय भएको छ,’ समिति स्रोतले भन्यो, ‘लकडाउन विपरीत घरबाहिर निस्किनेलाई संक्रमण रोग ऐन २०२० को दफा अनुसार प्रहरी लगाएर थुना कारवाही समेत गर्न निर्णय भएको छ ।’

कोरोनाको रोकथामका लागि समितिले परीक्षणमा जोड दिने, पहिचान गर्दै उपचारमा लैजाने निर्णय गरेको छ ।

समितिले औषधि आयातमा सहजीकरण गर्ने, खरिद प्रक्रियालाई निरन्तरता दिने, जीटुजी पनि अगाडि बढाउन परराष्ट्र मन्त्रालयको संयोजनमा स्वास्थ्य मन्त्रालयले खरिद र आयात गर्ने निर्णय गरेको छ ।

बजारको आपूर्ति व्यवस्थालाई सहज राख्दै सुरक्षा कडाइ गर्ने निर्णय समेत गरेको छ । राहत पाउन तोकिएका व्यक्तिगत वस्तुगत राहत दिने व्यवस्था गरिने समेत समितिले निर्णय गरेको छ ।

लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News