२०८१ फाल्गुन २३, शुक्रबार ०९:२२

मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा सहित ३ जना व्यक्ति र ३ विदेशी कम्पनी दोषी ठहर भएका छन् ।

झासहित तत्कालीन अर्का अध्यक्ष पुरुषोत्तम खनाल र विदेशी नागरिक मोद नुर अमिन बीन मोद नुर खानलाई एक–एक वर्ष कैद सजाय गर्ने बिहीबार विशेष अदालतले फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले यी ३ व्यक्तिसँगै न्यूमेरा (एम) एसडीएनबीएचडी मलेसिया, नमस्ते ग्लोबल कम्पनी प्राइभेट लिमिटेड सिंगापुर, ओएसआई डिजिटल प्राली इण्डिया जेभीलाई संयुक्त रूपमा २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ बिगो तथा त्यति नै जरिवाना पनि भराउने फैसला गरेको छ ।

बिगो र जरिवाना जोड्दा सबैले संयुक्त रूपमा ४६ करोड ४१ लाख १८ हजार ६२८ रुपैयाँ तिर्नुपर्ने फैसला भएको छ । साथै झा र खनाल संस्थाको अध्यक्ष भएको उनीहरू दुवै जनालाई एक महिना थप कैद सजाय हुने ठहर भएको छ ।

Comment


Related News

Latest News

Trending News