
जनकपुरधामस्थित श्रीराम सेकेण्ड्री बोर्डिङ्ग स्कूलले एसईई परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीहरुलाई स्वागत एवं विदाई गरिएको छ ।
प्रत्येक वर्ष झै यसवर्ष पनि नर्सरीदेखि कक्षा १२ सम्म माध्यमिकस्तरका अध्यापन समेत गराउंदै आएका सो श्रीराम स्कूलले आफ्नै प्रांगणमा फेयरेवल कार्यक्रम आयोजना गरी ‘छिट्टै भेटौला’ भन्ने उद्देश्य सहित विद्यार्थीहरुलाई स्वागत एवं विदाई गरेका छन् ।
स्कूलका डाइरेक्टर डा. सन्तोष कर्णले एसईईमा सहभागी हुने कक्षा १० का विद्यार्थीलाई एसईई उत्तिर्ण भएपछि यही स्कूलको कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई फेयरवेल कार्यक्रम मार्फत स्वागत र अन्य बाहिरका क्याम्पसमा जानेलाई विदाई गरिएको जानकारी दिए । उनले भने यो सम्मानले एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई मानसिक रुपले उत्साहित तथा मनोबल उच्च गर्नेछ र परीक्षामा राम्रो ल्याउन सक्नेछ ।
सो स्कूलले २०५७ सालदेखि कक्षा १० का विद्यार्थीहरुलाई स्वागत एवं विदाई कार्यक्रम आयोजना गर्दै आएको छ ।
कक्षा ९ का विद्यार्थीहरुले सोही स्कूलको क्याम्पसमा पढने वा बाहिर जाने १० कक्षा विद्यार्थीहरुलाई विदाई गरेको छ भने स्कूल व्यवस्थापकले सम्मान गरेको छ । विद्यालयका चेयरमैन रामकिशोर कर्ण, डाइरेक्टर डा. सन्तोष कर्ण, स्कूल कोर्डिनेटर विरेन्द्र लाल कर्णलगायतका व्यक्तिहरुले कक्षा १० का विद्यार्थी, स्कूलका शिक्षक/शिक्षिका, पत्रकार सहित अन्य सहयोगीहरुलाई टिका सहित दोसल्ला ओढाई सम्मान गरेको छ । सो स्कूलबाट यस पटक ४४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् ।