२०८१ फाल्गुन २५, आईतवार ११:१३

नेपाल एसबिआई बैंक लि. र स्काईलाईन इन्फ्रा लिमिटेड वीरगञ्जबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

सो सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख, उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्राका निर्देशक, अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक, राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट क्र्याालय सञ्चालनमा छन् ।

Comment


Related News

Latest News

Trending News