अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १४:२४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमबाट बच्न जिल्लामा कार्यरत सुरक्षाकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) एक सय थान उपलब्ध गराएको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई आज यहाँ सो परिमाणको पिपिई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका पिपिईमध्ये ५० थान सशस्त्र प्रहरी र ५० थान नेपाल प्रहरीलाई उपलब्ध गराइने छ ।

सो अवसरमा प्रजिअ भुजेलले लकडाउन कार्यान्वयनका लागि २४औं घण्टा कार्य गर्ने सुरक्षाकर्मीलाई सङ्क्रमणबाट सुरक्षित राख्न यो उपकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष पोखरेलले सङ्क्रमणका उच्च जोखिममा रहेका सुरक्षाकर्मीलाई पिपिई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सुरक्षाका उपकरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News