२०८१ चैत्र ३, आईतवार ०७:०३

जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवादले उग्र रूप लिँदा छुरी प्रहार भएको हो ।

स्थानीय १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारबाट घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

स्थानीयका अनुसार मृतक यादव घरको एक्लो छोरा थिए । उनको बुबाको मृत्यु मात्र ६ महिना पहिला भएको थियो ।

धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले जानकारी दिएका छन्।

Comment


Related News

Latest News

Trending News