अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १७:३५

हेटौंडा । हेटौंडाको कर्रामा सञ्चालन गरिएको आइसोलेसनबाट डि’स्चार्ज गरिएका एक जना विरामीको हिजो साँझ मृत्यु भएको छ ।

ज्वरो आएपछी आइसोलेसनमा राखिएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ लालझाडी वस्दै आएका होमबहादुर सञ्जेलको मृ’त्यु भएको हो ।

उहाँको दोश्रो पटक फेरी स्वाब संकलन गरेर ल्यावमा पठाइएको छ । सञ्जेललाई आइसोलेसनमा तीन दिन राखेर बैशाख १ गते डिस्चार्ज गरिएको र उहाँको हिजो मृत्यु भएको आइसोलेसन इन्चार्ज तथा हेटौंडा उपमहानगर पालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

आइसोलेसनमा रहदा उहाँको स्वाब टेष्ट रिपोर्ट नेगेटिभ आएको थियो । दोश्रो पटक हिजो मृत्यु भएपछी फेरी स्वाब परिक्षणका लागि ल्यावमा लगिएको छ ।

मृत्यु भएपछी पनि घर परिवार, छिमेक सवैमा सन्तोक होस भनेर स्वाब संकलन गरेर परिक्षण गर्न लागिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । छिमेक र आफन्तको आग्रह अनुसार फेरी स्वाब परिक्षण गर्न लागिएको उहाँले वताउनुभयो ।

Comment


Related News

Latest News

Trending News